काठमाडौँ । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको निधन भएको छ ।
दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।
सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवलाई आइतबार राति करिब ११ बजे अचानक पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो ।
थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उनको उपचारको क्रममा राति १२ बजे मृत्यु भएको हो ।










