२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाबाट ‘नवीन समझदारी’ गर्न सबै राजनीतिक दललाई आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘नवीन समझदारी’ गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो आब्हान गरेको हो ।

राप्रपाले हिजो पूर्वराजा ज्ञानेन्द्रको स्वागत कार्यक्रम सफल भएका भन्दै आम नागरिकप्रति कृतज्ञता प्रकट गरेको छ । स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको पार्टीको निस्कर्ष निकालेको छ ।

वैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ । यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ ।’

बैठकले पार्टीले सञ्चालन गर्ने आन्दोलन लगायतका विविध विषयमा छलफल गर्न ०८१ चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय गरेको छ।