२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्रास्फीति चार दशमलव १६ प्रतिशत



अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्रै देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थको मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः छ दशमलव ५९ प्रतिशत र तीन दशमलव ९८ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १२ दशमलव ८० प्रतिशत देखिएको छ । त्यस्तै, दाल तथा गेडागुडीको नौ दशमलव ०६ प्रतिशत, तरकारीको सात दशमलव ५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव ३६ प्रतिशतले बढेको छ ।

मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने दुई दशमलव ९८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ९१ प्रतिशतले बढेको छ । त्यसैगरी कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव ३६, मदिराजन्य पेयपदार्थको पाँच दशमलव ०८, यातायातको पाँच दशमलव ०१, सुर्तीजन्य पदार्थको चार दशमलव १० र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ०७ प्रतिशतले बढेको छ ।

यो अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ९६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव १५, मधेश प्रदेशको तीन दशमलव ९१, बागमती प्रदेशको तीन दशमलव ३५, गण्डकी प्रदेशको तीन दशमलव ४०, लुम्बिनी प्रदेशको चार दशमलव १६, कर्णाली प्रदेशको चार दशमलव ०५ र सुदूरपश्चिम प्रदेशको चार दशमलव ७१ प्रतिशत रहेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३, तराईको चार दशमलव २५, पहाडको चार दशमलव ११ र हिमालको पाँच दशमलव २१ प्रतिशत रहेको छ । रासस