६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा क्रिप्टोकरेन्सी सम्बन्धी गतिविधिमा संलग्न पाँच जना पक्राउ



अ+ अ-

पोखरा। कास्की प्रहरीले पहिलो पटक क्रिप्टोकरेन्सी प्रयोग र अनलाइन जुवा सञ्चालनमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूलाई गत फागुन २३ गते पोखरा–१४, अनुपम टोलबाट पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्ति अनलाइनमार्फत अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गर्दै जुवा खेलाउने कार्यमा संलग्न थिए। नेपालमा क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन जुवा गैरकानुनी मानिन्छ।

पक्राउ पर्नेमा पर्वतको जलजला स्थायी घर भई हाल पोखरा अनुपम टोल बस्ने वर्ष ३१ का  रुपेन्द्र जिसी,  म्याग्दीको बेनी घर भई पोखरा हबेलीमार्ग बस्ने ३३ वर्षीय विक्रम बानिया, सोही ठाउँ स्थायी घर भई अनुपम मार्ग बस्ने २२ वर्षीय सञ्जन घिमिरे, म्याग्दीको रघुङ्गा घर भई पोखरा अनुपम मार्ग बस्ने १९ वर्षीय रोजन केसी र सोही ठाउँ स्थायी घर भएर पोखरा चाउथे बस्ने २८ वर्षीय सन्दीप कटवाल छन्।

उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा अनुसन्धान अगाडि बढेको एसपी ओलियाले बताउनुभयो। ओलियाका अनुसार अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भएको छ। क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा÷सट्टाबाजीमा प्रयोग गरिएको भनिएका विभिन्न इलेक्ट्रोनिक डिभाइस प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेको ५ जना नातेदार हुन् भने उनीहरूले ३० करोडसम्मको कारोबार गरेको प्रहरीले अनुमान गरेको छ। प्रहरीले कम्प्युटर, मोबाइल, ल्यापटप, पेनड्राइभ, आइप्याड लगायतका डिभाइस पक्राउ गरेको हो।

प्रहरीका अनुसार १० वर्षदेखि अमेरिकामा बस्दै आएका आइटी इन्जियिनर रुपेन्द्र जिसी केही समय अघि नेपाल आएको र उनकै योजनामा अनलाइनबाट जुवा खेलाउने गरिएको हो। तीन सिफ्टमा अनलाइन मार्फत जुवा खेलाउने गरिएको अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले जानकारी दिएको हो।