२५ असार २०८३, बिहीबार
,
Latest
अस्ट्रेलियाली युरेनियममा भारतको चासो कर्मचारीका लागि नयाँ आचारसंहिता जारी, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने अमेरिका–इरान सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व संकलन चीनका लागि ७ पूर्वराजदूतको सरकारलाई प्रश्न: छिमेकीसँगको परराष्ट्र नीति बदलेका हो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ



अ+ अ-

काठमाडौं। ठगी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुल्मी कालीगण्डकी गाउँपालिका-६ घर भई ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोल बस्ने ३२ वर्षीय समुन्द्र श्रेष्ठ र ३४ वर्षीय सन्देश श्रेष्ठ रहेका छन् ।

जिल्ला अदालत भक्तपुरबाट २०८० मंसिर २२ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर बागडोलबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।