८ पुष २०८२, मंगलवार
,
Latest
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै



अ+ अ-

काठमाडौँ। युगान्डामा जारी महिला टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले ‘टस’ जितेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल क्रिकेट मैदानमा भरखरै भएको ‘टस’मा नेपाली टोलीको कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ रोजेकी हुन् । यससँगै हङ्कङले पहिला ‘ब्याटिङ’ गर्नेछ । आज हङकङलाई हराउँदै नेपाल प्रतियोगितामा दोस्रो जित दर्ता गराउने दाउमा छ ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो । यस्तै, हङकङ पनि दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा युगान्डासँग पराजित हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई/ दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।