१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्यामा संलग्न पाँच जना पक्राउ



अ+ अ-

काठमाडौं। हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने सर्लाही बागमती ढुङगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भएका २४ वर्षीय रोशन तामाङ, काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोक घर भएकी २० वर्षीया पुजा परियार र एक नाबालक रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका-७ नामी कलेज नजिक बागमती खोलामा बोरा भित्र अन्दाजी ३५ वर्षीया महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।