६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला न्यायाधीश भएर मात्रै हुँदैन, शाहस र क्षमता हुनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताउनु भयो ।

उहाँले महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको बताउनु भयो । उहाँले न्यायाधीश धेरै अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने बताउनु भयो । उहाँले जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताउनु भयो ।

आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश कार्कीले ‘महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन । महिला न्यायाधीशमा क्षमता हुनुपर्छ । शाहस हुनैपर्छ । अध्ययन त दिनरात गर्नैपर्छ । हामीले कर्म गर्ने हो फलको आशा गर्नु हुँदैन । कृष्ण भगवानले पनि कर्म गर फलको आशा नगर भन्नुभएको छ । मलाई अहिले के महशुस भएको छ भने हामीले काम गर्ने हो पछाडि के भन्छन् भनेर सरोकार राख्नु हुँदैन ।

यो यस्तो क्षेत्र हो अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई । त्यसैले मैले काम गरेँ तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताउनु भयो । उहाँले एउटा न्यायले सबैको विकास हुुने बताउनु भयो ।