४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतले जितेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो तेस्रो उपाधि हो ।

न्युजिल्याण्डले दिएको २५१ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । भारतलाई जित दिलाउन रोहित शर्माले ७६ रनको योगदान दिए । ८३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, श्रेयर अय्यरले ४८, शुभमन गिलले ३१, केएल राहुलले अविजित ३४,  अक्षर पटेलले २९, हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए । रविन्द्र जडेजा ९ रनमा अविजित रहे ।

बलिङतर्फ न्युजिल्याण्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले दुई–दुई तथा रचिन रविन्द्र र काइली जेमिनसनले एक–एक विकेट लिए ।

त्यसअघि दुबईको अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन जोड्यो ।

उसका लागि डेरिल मिचेलले ६३, माइकल ब्रेसवेलले अविजित ५३, रचिन रविन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, विल योङले १५ तथा टम लाथमले १४ रन जोडे ।

बलिङतर्फ भारतका कुलदीप यादव र वरुण चक्रवर्तीले दुई–दुई तथा रविन्द्र जडेजा र मोहम्मद शामीले एक–एक विकेट लिए ।

रोहित शर्माको कप्तानको रूपमा ९ महिनामा यो दोस्रो आईसीसी उपाधि हो । उनको कप्तानीमा भारतले गत वर्ष जुन २९ मा टी–२० विश्वकप पनि जितेको थियो ।

भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफी जित्न सफल भयो । यसअघि २०१२ मा भारतले उपाधि उचालेको थियो ।