८ पुष २०८२, मंगलवार
,
Latest
हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारकेश्वोर नगर खेलकुद विकास समितिको अध्यक्षमा खड्गी



अ+ अ-

काठमाडौँ। तार्केश्वर नगरपालिकाले नगद खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनित गरेको छ ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य पनि हुन् । खड्गी तेक्वान्दोका ग्योरोगी र पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र ओझा, फिरोज श्रेष्ठ, महेश महर्जन, रमेश महर्जन र सानुबाबु महर्जन, सचिवमा गौरव बस्नेत, सह सचिवमा विकास महर्जन तथा कोषाध्यक्षमा विष्णुकुमारी महर्जन रहेका छन् ।

उनीहरुलाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे । समितिको संरक्षकमा मेयर महर्जन र प्रमुख सल्लाहकारमा उप–मेयर सृजना बुर्लाकोटी अर्याल रहने प्रावधान छ ।पुरुषोत्तम खत्री, राजेश श्रेष्ठ, प्रभुराम फुयाल, सुमन कार्की, भवनाथ गजुरेल र सुवर्ण लामा सल्लाहकारमा चयन भए ।