२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डामाथि नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं । नेपालले चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

नेपालले युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक दर्ता गरेको हो ।

युगान्डाले दिएको ७७ दिनको लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि ओपनर सना प्रविणले ३५ बलको सामना गरेर सर्वाधिक १७ रन जोडिन् । यस्तै, पूजा महताले ३० बलमा १६ रन जोडिन् भने रुविजना क्षेत्रीले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनाएको थियो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् ।

त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले १४ रन जोडिन् भने मलिषा अरिकोटाले ११ रन जोडिन् ।

बलिङतर्फ नेपालकी पूजा महतोले ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले २ विकेट लिइन् ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने हङकङलाई आठ विकेटले हराएको थियो ।