५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

तिमीले गरेका कठोर संघर्ष सम्झेर यो तीजमा तिमीलाई यो पत्र–उपहार पठाएकी हुँ

तिमीले गरेका कठोर संघर्ष सम्झेर यो तीजमा तिमीलाई यो पत्र–उपहार पठाएकी हुँ
अ+ अ-

यो पालीको तीजमा कोरोनाको कारणले नाच गान भएन , न नै पूजा हुनेछ , तर तिमी बर्त त लिन छोड्ने छैनो ।
८४ वर्षकी तिमी कहिलेकाहीं ढाड दुख्यो, खुट्टा दुख्यो भनेर गुनासो गर्छ्यौ, तर जब व्यस्तताको बेला आउँछ ‘ऐ दूरका सितारा, मेरो चाँदनी कहाँ छ’ भन्ने गीत गुन्गुनाउँदै व्यस्ततामै हराउँछ्यौ।

तिमीले पनि जिन्दगीमा धेरै सुख पाइनौ। मलाई स्कूल पठाउँदा खाजा खान ५० पैसा दिन तिमीलाई गाह्रो हुन्थ्यो र भातमा चिनी हालेर पठाउँथ्यौ, जुन मेरो लागि अमृत समान हुन्थ्यो। तिमीले दशैंमा हालिदिएको एकजोर लुगामा म वर्षभरि रमाउँथें। ती दिनहरू र तिमीले गरेका कठोर संघर्ष सम्झेर यो तीजमा तिमीलाई यो पत्र–उपहार पठाएकी हुँ।

तिमी ४६ वर्षकी हुँदा मेरा पिता बितेका थिए। त्यो बेलाको धार्मिक मान्यता अनुसार तिमी एक वर्षसम्म सेतो लुगा लगाएर घरभित्रै बस्यौ, दिनरात आँशु खसाल्यौ, एक छाक खायौ र आफ्नो शरीर सुकायौ। त्यो हृदयहीन धार्मिक कुसंस्कृतिको विरोध गर्न सक्ने क्षमता मसँग थिएन। मैले ‘अब तिम्रा पति छैनन्, तीजमा कसको आयु बढोस् भनेर ब्रत लिन्छौ’ भनेर सोध्दा तिमीले भनेकी थियौ, “ब्रत अरू कसैको लागि होइन, मेरै शरीर स्वस्थ रहोस् भनेर लिन्छु। ब्रतकै निहुँमा कति दिदीबहिनी भेटिन्छन्, सुखदुःख साटिन्छन्, आँशु पोखिन्छन्, मन हलुको हुन्छ। यसले जीवनलाई आशावादी बनाउँछ। ब्रत लिएर लोग्नेको आयु बढ्छ भन्ने कुरै हैन।” यसरी तिमीले अति साधारण शब्दमा मलाई जीवनको ठूलो दर्शन बुझायौ।

भारत उत्तरप्रदेशको सानो गाउँ लखिमपुरबाट १० वर्षको उमेरमा तामदानमा चढाएर सात–आठ दिन लगाई ल्याइएकी तिमीलाई तीजको बेला को लिन आओस् र माइतीबाटरु त्यतिबेला तिमी कसको लागि ब्रत बसिरहेको हुँ भन्ने ज्ञान नभए पनि मीठा खानेकुरा र चुरापोते पाइने आनन्दले उत्सुक हुन्थ्यौ। अहिले मलाई त्यो बेला तिमीले सुनाएका धेरै कथाहरू याद आइरहेछन्। बालविवाहमा परेकी तिमीले शुरूमा फलफूल र गुलियो चिया खान पाइन्छ भनेर तीजको ब्रत बस्यौ। कसैले टीका लगाएर १०–१५ पैसा दिन्छ भन्ने आशामा त्यसो गर्यौ, जुन तिम्रा लागि खजाना भन्दा कम हुँदैनथ्यो  !

यस्ता चाडपर्व नहुँदा हुन् त जीवन कति निरस हुँदो हो ! दुःख र पीडामा छट्पटिएका मनमा क्षणिक भए पनि घाउमा मल्हम लगाउने काम चाडपर्वले गर्छन् भन्ने कुरामा मलाई पनि विश्वास लाग्न थालेको छ। हरेक तीजमा तिमीले मलाई पनि चुरापोते, टीका दियौ। यी वस्तुहरू म आफैंले कहिल्यै किनिनँ। तिमी ‘चुरापोते जस्ता चिज आफूलाई सुन्दर, स्वस्थ र आत्मविश्वासी बनाउन लगाउने हो, ब्रतले स्वास्थ्यलाई राम्रो पार्छ र पेटलाई एक दिन भए पनि आराम दिन्छ’ भन्थ्यौ। तिम्रा कुरा मेरो मनमा नमेटिने गरी बसेका छन्। विज्ञानले पनि समय–समयमा कम खानाले र ब्रत बस्नाले शारीरिक स्वास्थ्यमा राम्रो असर पर्छ भनेर सिद्ध गरिसकेको छ। नपढेकी भए पनि तिमीले मलाई ब्रतको वैज्ञानिक तथ्य बुझायौ।