२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजालाई दया गरेर कारबाही नगरेको गफ नदिनुस् : कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवारणमा जनता लुट्ने काम भएकाले जनताले राजा खोजीरहेको दाबी गर्नुभएको छ । उहाँले राजालाई दया गरेर कारबाही नगरेको गफसमेत नदिन चुनौती दिनुभएको छ ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् जनताले १७ हजार मान्छे मराउने र युवालाई विदेश पलायन हुन बाध्य पारेर देश लुट्नेहरुलाई जनताले कारबाही गर्ने बताउनुभएको छ ।

उहाँले डर, त्रास देखाएर नभइ जनतालाई केन्द्रमा राखेर सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नसमेत अपील गर्नुभएको छ ।

अध्यक्ष थापाले आफ्नो सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

गणतन्त्रको वकालत गर्नुहोस् ठिक छ । विचार आ–आफ्नो हो । तर, राजालाई दया गरेर कारवाही नगरेको गफ नदिनुस् । जनता साक्षी छन् । २०६३ को आन्दोलन दरवार र दलहरुबीच सम्झौता भएर टुङ्गिएको हो । राजाले ईमान्दारिपूर्वक सम्झौताको पालना भयो । तर, दलहरुले आन्दोलनको रापताप र बिदेशीको दवावमा सम्झौता विपरित राजसंस्था पाखा लगाउने काम गरे ।

लोकतन्त्रको आवरणमा १८ वर्ष देश र जनतालाई लुट्ने काम भयो । अहिले जनताले राजा खोजिरहेका छन् ।

कारवाही नै गर्ने हो भने अब जनताले १७ हजार मार्ने मराउने, युवालाई विदेश पलायन हुन वाध्य पार्ने र देश लुट्नेहरुलाई कारवाही गर्छन् ।
त्यसैले डर त्रास देखाएर होइन, देश र जनतालाई केन्द्रविन्दुमा राखेर सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको विकास गरौं ।