२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी र कर्मचारीका समस्या समाधानमा गम्भीर बन्न ध्यानाकर्षण



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सांसद मानबहादुर धामीले प्रदेशमा कर्मचारी र विद्यार्थीहरूले उठाइरहेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहनुभएका धामीले कर्मचारी र विद्यार्थीहरूले केही दिनदेखि लगातार आन्दोलन गरिरहँदा पनि उनीहरूका समस्या समाधानमा चासो नदेखाइएको, लोकतन्त्रमा खतरा उत्पन्न भइरहेकोलगायत विषय उठाउँदै सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

उहाँका अनुसार सीमित कर्मचारीलाई लाभ पुग्नेगरी ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ ल्याउन लागिएको भन्दै धनगढीमा विद्यार्थी र कर्मचारीहरू छुट्टाछुट्टै रूपमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, समस्याको समाधानका लागि मुख्यमन्त्री कमलबहादुर शाहले आज सङ्घर्षरत विद्यार्थीसँग छलफल गर्नुभए पनि कुनै निष्कर्षमा पुग्न नसकेको जनाइएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद धर्मराज पाठकले भोलिको प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्नुभएकाले प्रदेशको विकासका लागि सबै दलहरू एक ठाउँमा उभिएर साझा प्रतिबद्धतासहित प्रस्ताव पेस गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद विक्रमसिंह धामीले दार्चुलाको मल्लिकार्जुन गाउँपालिका–४ की सीता धामीको शिविरमा परिवार नियोजन गराउँदा शल्यक्रिया असफल भई सेती प्रादेशिक अस्पतालमा उपचार गर्नुपर्ने अवस्था सिर्जना भएकाले उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले अबदेखि यस्ता शिविर सञ्चालन गर्दा दक्ष चिकित्सकको व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष टेबुल गर्नुभयो । सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकलाई  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो । रासस