२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी र कर्मचारीका समस्या समाधानमा गम्भीर बन्न ध्यानाकर्षण



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सांसद मानबहादुर धामीले प्रदेशमा कर्मचारी र विद्यार्थीहरूले उठाइरहेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहनुभएका धामीले कर्मचारी र विद्यार्थीहरूले केही दिनदेखि लगातार आन्दोलन गरिरहँदा पनि उनीहरूका समस्या समाधानमा चासो नदेखाइएको, लोकतन्त्रमा खतरा उत्पन्न भइरहेकोलगायत विषय उठाउँदै सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

उहाँका अनुसार सीमित कर्मचारीलाई लाभ पुग्नेगरी ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ ल्याउन लागिएको भन्दै धनगढीमा विद्यार्थी र कर्मचारीहरू छुट्टाछुट्टै रूपमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, समस्याको समाधानका लागि मुख्यमन्त्री कमलबहादुर शाहले आज सङ्घर्षरत विद्यार्थीसँग छलफल गर्नुभए पनि कुनै निष्कर्षमा पुग्न नसकेको जनाइएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद धर्मराज पाठकले भोलिको प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्नुभएकाले प्रदेशको विकासका लागि सबै दलहरू एक ठाउँमा उभिएर साझा प्रतिबद्धतासहित प्रस्ताव पेस गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद विक्रमसिंह धामीले दार्चुलाको मल्लिकार्जुन गाउँपालिका–४ की सीता धामीको शिविरमा परिवार नियोजन गराउँदा शल्यक्रिया असफल भई सेती प्रादेशिक अस्पतालमा उपचार गर्नुपर्ने अवस्था सिर्जना भएकाले उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले अबदेखि यस्ता शिविर सञ्चालन गर्दा दक्ष चिकित्सकको व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष टेबुल गर्नुभयो । सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकलाई  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो । रासस