८ पुष २०८२, मंगलवार
,
Latest
हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न



अ+ अ-

काठमाडौं। नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा सम्पन्न भएको छ ।

संघकै आयोजनामा चैत २ गते सोही स्थानमा हुने सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी रेफ्री सेमिनार सञ्चालन गरिएको हो ।
एकदिने सेमिनारमा १५ रेफ्री सहभागी थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय निर्णायकत्रय आयोजक संघका अध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरले व्यहारिक र सैद्धान्तिक पक्ष बारे ज्ञान दिएका थिए ।

सेमिनारमा रिङ रेफ्री र साइड रेफ्रीको भूमिका, ‘डे«स कोड’, परिवर्तित नयाँ नियमलगायतका बारे जानकारी गराइएको थियो । सो अवसरमा सहभागीलाई निष्पक्षता र अनुशासनमा विशेष ध्यान दिन सुझाइएको थियो ।

सहभागीलाई अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, महासचिव मगरसहित संघका उपाध्यक्ष रमेश महर्जन, सदस्यद्वय सुजन कक्षपति र शेरबहादुर गुरुङले शनिबारै एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।