१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमालेलाई बलियो बनाउन जरा अभियान’



अ+ अ-

राँझा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो बनाउनका लागि वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिएको बताउनुभएको छ ।

नेकपा ९एमाले०स्थानीय विकास विभागले शनिबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट प्रत्यासी उम्मेदवारलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रममा उहाँले जरा केन्द्रित अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो ।

महासचिव पोखरेलले नेकपा एमालेलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै तहका युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सुदृढ राजनीतिक दलबाट नै राष्ट्र निर्माण हुने उहाँको तर्क थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो दल क्रियाशी रहेको उहाँको अभिमत थियो ।

नेकपा ९एमाले० बाँके स्थानीय विकास विभाग प्रमुख मीन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यसूर्य ढकाल, दीपा शर्मा, शान्ति ढकाल,मोहम्मद हारुन हलवाई, पशुपतिदयाल मिश्रा सहभागी हुनुहुन्थ्यो ।