६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता



अ+ अ-

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

राप्रपाले आज यहाँ आयोजना गरेको जनसभामा उहाँले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गर्नुभएको हो ।

मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उहाँले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताउनुभयो ।

एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण रु सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो रु २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गर्नुभयो ।