काठमाडौं । नेपालमा थप एक जना कोरोनाका संक्रमितको मृत्यु भएको छ । शनिबार मध्यान्ह सवा १२ बजे धरान उपमहानगरपालिका(१५ निवासी ६७ वर्षीय पुरूषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनलाई उच्च रक्तचापको समेत समस्या रहेको र ज्वरो, खोकी र सास फेर्न गाह्रो भएपछि गत साउन २७ गते क्वारेन्टिनबाट अस्पताल भर्ना गरिएको थियो। सोही दिन उनको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो।
उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।










