५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारमा कृसु काव्य सन्ध्या



अ+ अ-

काठमाडौँ। कवि कृशु क्षेत्री द्वारा लिखित पसिनाको क्यानभास कविता संग्रह “पसिनाको क्यानभास” पुस्तकमाथी अन्तर्क्रिया गर्दै कतारमा कृसु काव्य सन्ध्या सम्पन्न भएको छ ।

मुस्लिमहरुको पवित्र महिना रमजानको अबसर पारी नेपाली भाषा र साहित्यमा कलम चलाइरहेका कतारका अनेसास , नवोदित लगायत विभिन्न साहित्यिक संस्थामा आबद्द रकेका लेखक , बुद्दिजिवी तथा मुर्धन्य साहित्यकारहरुको संयुक्त बसाईमा कविता संग्रह “पसिनाको क्यानभासमा कवितामा चित्रित विविध आयामको चर्चा गरिएको छ ।

उक्त संग्रहमा प्रेम र यौनको प्रसंगमा कवि प्रेम भट्टराई र सीताराम थापाले चर्चा गरेका थिए भने वैदेशिक रोजगारीका सन्दर्भमा कविताले प्रकाश पारेका पक्षहरूको कवि तथा पत्रकार सुरेश भट्ट आश्रिनले समीक्षा गरेका थिए ।

अरबको प्रचलित महफ़िल शैलीमा आयोजित कृसु काव्य सन्ध्यामा कवि कृसुका चर्चित कविताहरू सृजनाबहस र वाचन गर्ने चर्चित साहित्यकारहरू प्रेम भट्टराई, सुरेश भट्ट आश्रिन, लीलानाथ कश्यप, शोभाराम ओली, सीताराम थापा, सोम थापा, नारायण निर्जल, चक्र कार्की, शिव सुवेदी , मणि पौडेल, श्यामराज रानाभाट, दिलीप पराजुली, पूर्णकान्छा गुरुङ र यादव रेग्मी लगायत सबैमा लेखक क्षेत्रीले कृतज्ञता व्यक्त गरेका छन् ।