५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
अ+ अ-

काठमाडौं । २४ घण्टामा देशभर ६ सय ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै कुल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ पुगेको छ । हालसम्म पुष्टि भएको संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा काटमाडौं उपत्यकामा २ सय १६ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ६० जना, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना रहेका छन् । 
पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ९२ हजार ४ सय १८ पीसीआर परीक्षण भएको छ । 

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ७ सय ५ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार १ सय ३५ जना, प्रदेश २ मा १ हजार ६ सय ६७ जना, बागमती प्रदेशमा ३ हजार ४ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ४६ जना, प्रदेश ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना र सूदुरपस्चिम प्रदेशमा ९ सय २३ जना रहेका छन् । त्यस्तै होम क्वारेन्टाइनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय १६ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ६६ जना, प्रदेश २ मा ३ हजार १ सय ८२, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा १८ जना र सूदुपस्चिम प्रदेशमा २६ जना रहेका छन् । 

आज देशभर ११ हजार ६ सय ५८ व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । 
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ रहेको छ भने आज सम्म संक्रमण निको भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ ।