८ श्रावण २०८३, शुक्रबार
,
Latest
ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँझमा सझिएको जानकी मन्दिर-फोटो फिचर



अ+ अ-

काठमाडौं । प्राचीन मिथिलाको राजधानी र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी मन्दिर विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र हो । यो मन्दिर निकै सुन्दर छ । अझ साँझको समयमा त झिलीमिली बत्तीले मन्दिरको सुन्दरतामा झन् निखारा ल्याउँछ ।

जनकपुरधामको मुटुमा अवस्थित जानकी मन्दिर, साँझको झिलिमिलीमा निकै आकर्षक देखिन्छ। दिनभर भक्तजनहरूको चहलपहलले गुञ्जायमान हुने यो मन्दिर, साँझ पर्नासाथ एकदमै भव्य र दिव्य देखिन्छ। सूर्य अस्ताउन लाग्दा मन्दिर परिसरमा बत्तीहरू बल्न थाल्छन्। रंगीन झिलिमिली बत्तीहरू मन्दिरका गजुरदेखि द्वारहरू हुँदै सम्पूर्ण संरचनालाई सुनौलो र पारिजात रंगले ढाक्छ। जसका कारण मन्दिर निकै मनमोहक देखिन्छ ।

साँझपख आरतीको समय हुँदा भक्तजनहरूको भिड अझ बढ्छ। शंख, घण्टा र मृदङ्गको मधुर ध्वनिले वातावरण नै आध्यात्मिक बनाइदिन्छ। ‘सीता राम’ का आवाज गुञ्जिन्छन्, जसले मनलाई शान्त र आस्थावान बनाउँछ।

साँझमा झिलिमिली बत्तीसँगै यसका कलात्मक झ्याल, स्तम्भ, मेहराब, गजुर, र शिखरहरू झनै मनमोहक देखिन्छन्। साँझपख जानकी मन्दिरको भ्रमण गर्दा यसका भव्यता, धार्मिक आस्था र सांस्कृतिक वैभवको अद्भुत संयोजन अनुभव गर्न पाइन्छ।

जानकी अर्थात् सीताको यो मन्दिर पवित्र हिन्दु धर्मस्थल हो । यो मन्दिर मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । विदेह राज्यको १,४८० वर्ग मिटर (१५,९३० वर्ग फिट) क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रंगमा निर्मित, यो ढुङ्गा र सङ्गमरमरले बनेको तीन तले संरचना हो ।

मन्दिरको भित्तामा मिथिला कला (मधुबनी) चित्रहरू छन् । यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्काशी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ ।

हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारतको मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्राय: सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ ।

राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् ।

प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास जारी राखेको छ ।

तस्बिर: प्रदीपराज वन्त,रासस




भर्खरै