२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

साँझमा सझिएको जानकी मन्दिर-फोटो फिचर

साँझमा सझिएको जानकी मन्दिर-फोटो फिचर
अ अ+ अ-

काठमाडौं । प्राचीन मिथिलाको राजधानी र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी मन्दिर विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र हो । यो मन्दिर निकै सुन्दर छ । अझ साँझको समयमा त झिलीमिली बत्तीले मन्दिरको सुन्दरतामा झन् निखारा ल्याउँछ ।

जनकपुरधामको मुटुमा अवस्थित जानकी मन्दिर, साँझको झिलिमिलीमा निकै आकर्षक देखिन्छ। दिनभर भक्तजनहरूको चहलपहलले गुञ्जायमान हुने यो मन्दिर, साँझ पर्नासाथ एकदमै भव्य र दिव्य देखिन्छ। सूर्य अस्ताउन लाग्दा मन्दिर परिसरमा बत्तीहरू बल्न थाल्छन्। रंगीन झिलिमिली बत्तीहरू मन्दिरका गजुरदेखि द्वारहरू हुँदै सम्पूर्ण संरचनालाई सुनौलो र पारिजात रंगले ढाक्छ। जसका कारण मन्दिर निकै मनमोहक देखिन्छ ।

साँझपख आरतीको समय हुँदा भक्तजनहरूको भिड अझ बढ्छ। शंख, घण्टा र मृदङ्गको मधुर ध्वनिले वातावरण नै आध्यात्मिक बनाइदिन्छ। ‘सीता राम’ का आवाज गुञ्जिन्छन्, जसले मनलाई शान्त र आस्थावान बनाउँछ।

साँझमा झिलिमिली बत्तीसँगै यसका कलात्मक झ्याल, स्तम्भ, मेहराब, गजुर, र शिखरहरू झनै मनमोहक देखिन्छन्। साँझपख जानकी मन्दिरको भ्रमण गर्दा यसका भव्यता, धार्मिक आस्था र सांस्कृतिक वैभवको अद्भुत संयोजन अनुभव गर्न पाइन्छ।

जानकी अर्थात् सीताको यो मन्दिर पवित्र हिन्दु धर्मस्थल हो । यो मन्दिर मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । विदेह राज्यको १,४८० वर्ग मिटर (१५,९३० वर्ग फिट) क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रंगमा निर्मित, यो ढुङ्गा र सङ्गमरमरले बनेको तीन तले संरचना हो ।

मन्दिरको भित्तामा मिथिला कला (मधुबनी) चित्रहरू छन् । यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्काशी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ ।

हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारतको मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्राय: सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ ।

राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् ।

प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास जारी राखेको छ ।

तस्बिर: प्रदीपराज वन्त,रासस