८ पुष २०८२, मंगलवार
,
Latest
हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनियर राष्ट्रिय कराते सुरु



अ+ अ-

काठमाडौं। पाको–नेपाल क्योकुसिन कराते संघको आयोजनामा दोश्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता सिनामगंगलस्थित अन्नपूर्ण विनायक स्कुलमा शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशबाट २ सय ८५ खेलाडीको सहभागिता रहेको आयोजक संघकी ब्रान्च चिफ सन्जु महर्जनले जनाएकी छन् ।

टिममा शीर्ष चार स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटनका अवसरमा कार्यकारी समितिकी सदस्य श्रेष्ठ र राखेपका सदस्य जगतसिंह धामीलाई सम्मान गरिएको थियो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।