२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली सुर्खेत आउँदा सडक खाली गराइएपछि हर्न बजाएर विरोध



अ+ अ-

काठमाडौँ । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओली सुर्खेत आउँदा सडक खाली गराएर दुस्ख दिने काम भएको भन्दै चालकहरूले विरोध जनाएका हुन् ।

प्रधानमन्त्री ओली आउँदा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । उक्त अवघिमा करिब २० मिनेट यातायात बन्द गरिनुको साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको थियो ।

प्रधानमन्त्री मध्यपश्चिम विश्वविद्यालयको कार्यक्रमको लागि सुर्खेत गएका हुन् । उनले कर्णाली प्रदेशसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।