२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको फाइनल खेल्ने बित्तिकै विराट कोहलीले रच्नेछन् इतिहास



अ+ अ-

एजेन्सी । भारतले २०२५ को च्याम्पियन्स ट्रफीमा असाधारण प्रदर्शन गरेको छ ।

आफ्नो प्रतिभाको बलमा समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई पराजित गर्दै टोली प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा अष्ट्रेलिया विरुद्ध शानदार जित दर्ता गरेपछि भारत कीर्तिमानी पाँचौ पटक फाइनलमा प्रवेश गरेको हो । फाइनलमा पुगेपछि भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले पनि नयाँ उपलब्धि हासिल गर्नेछन् ।

च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा मैदान उत्रने बित्तिकै विराट कोहलीले इतिहास रच्ने छन् । यदि उनले फाइनल खेले भने यो उनको पाँचौं आईसीसी एकदिवसीय प्रतियोगिताको फाइनल हुनेछ र योसँगै उनी सचिन तेन्दुलकर र जाहिर खानको क्लबमा प्रवेश गर्नेछन् ।

कोहलीले हाल चारवटा फाइनल खेलिसकेका छन् । उनी सचिन तेन्दुलकर, जाहिर र केही अन्य दिग्गजहरूलाई पछि पार्छन् जसले आईसीसी एकदिवसीय प्रतियोगितामा ५ पटक फाइनल खेलेका छन् ।

आईसीसी एकदिवसीय प्रतियोगितामा सबैभन्दा धेरै फाइनल खेल्ने खेलाडीहरूः
रिकी पोन्टिङ र युवराज सिंह – ६ फाइनल
जहिर खान, सचिन तेन्दुलकर, मुथैया मुरलीधरन,
ग्लेन म्याकग्रा – ५ फाइनल
विराट कोहली – ४ फाइनल

कोहली उत्कृष्ट फर्ममा छन् । च्याम्पियन्स ट्रफी २०२५ को पहिलो खेलमा बंगलादेशविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न नसके पनि स्टार ब्याट्सम्यानले पाकिस्तानविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए ।

यसका साथै कोहलीले प्रतियोगिताको सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो । कोहलीले राम्रो ब्याटिङ गर्दै ९८ बलमा ८४ रन बनाए ।

फ्यानहरूले फाइनलमा विराट कोहलीबाट यस्तै प्रदर्शनको अपेक्षा गर्नेछन् ।