२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलैयामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



सांकेतिक तस्बिर ।
अ+ अ-

निजगढ । बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहनुभएको छ ।

आज बिहान हुलाकी राजमार्गअन्तर्गत बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना६ख ५०६७ नंको बसले ना३९प ७३६७ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ ।

घटनालगत्तै यादवलाई प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।