६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशाला धर्मशाला सञ्चालन गर्न मारवाडी सेवा समितिलाई बाटो खुल्यो



file photo
अ+ अ-

काठमाडौँ । मारवाडी सेवा समितिले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुल्ला भएको छ ।

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीचको सम्झौता खारेज गरेसँगै समितिले धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको हो ।

बुधवार न्यायाधीशद्धय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश गरेको उच्च अदालत पाटनका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
गत असोज २२ गते पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सम्झौता भएको थियो ।

सम्झौतापछि महानगरले धर्मशाला सञ्चालन गरिरहेको समितिलाई हटाउन खोजेपछि समितिले महानगर र कोषविरुद्ध उच्च अदालत पाटनमा रिट हालेको थियो ।

पशुपति विकास कोष र समितिबिच २१ वर्ष अघि २०६० जेठ १२ मा पशुपति गौशाला धर्मशाला चलाउने सम्झौता भएको थियो । तर, कोषले २०८० साउन १७ मा समितिसँग गरेको सम्झौता खारेज गरेको थियो ।