काठमाडौं । पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छ्न ।
हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पारस आज डिस्चार्ज भएका हुन् ।
शाहलाई एक सातापछि फलोअपमा बोलाइएको छ ।
चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।










