६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ



अ+ अ-

स्याङ्जा । नेकपा (एकीकृत समाजवादी)का स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।

नेकपा एसको गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेका गिरी बलात्कार अभियोगमा पक्राउ परेका हुन् ।

गिरीलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको हो ।

गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।