१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पिएसजीलाई लिभरपुलले हरायो, १० खेलाडीमा समेटिएको बार्सिलोनाको बेन्फिकामाथि साँघुरो जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ । गएराति भएको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले फ्रेन्च क्लब पिएसजीलाई उसकै घरेलु मैदानमा १–० गोलले हराएको हो ।

लिभरपुलको जितमा एकमात्र निर्णायक गोल खेलको ८७ औं मिनेटमा हार्भी इलिओटले गरे । पूरा खेलभर पिएसजीले दबाबमा राखेपनि खेलमा जित भने लिभरपुलको भयो ।

पिएसजीले लिभरपुलको पोस्टमा २७ पटक प्रहार गरेको थियो जसमध्ये १० वटा टार्गेट मै थियो । तर, लिभरपुलका गोलरक्षक एलिसन बेकरले सानदार बचाउ गर्दै गोल हुन दिएनन् । अब दोस्रो लेग मार्च १२ मा लिभरपुलको घरेलु मैदानमा हुनेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा स्पेनीस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकालाई १–० गोलले हरायो । पाहुना टोलिको जितमा एकमात्र निर्णायक गोल राफिन्हाले गरे । उनले खेलको ६१ औं मिनेटमा गोल गरे ।

खेलको २२ औं मिनेटमा बार्सिलोनाका डिफेन्डर पाउ कुबार्सीले रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

तर, बेन्फिकाले त्यसको फाइदा उठाउन सकेन । अब दोस्रो लेग मार्च १२ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।