२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट : सचिन चम्किदा बैतडी फाइनलमा प्रवेश



अ+ अ-

बैतडी। सचिन भट्ट चम्किदा बैतडी प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कञ्चनपुरलाई ४९ रनले हराउँदै बैतडी फाइनलमा सुरक्षित भयो ।

बैतडीले दिएको १६० रनको लक्ष्य पछ्याएको कञ्चनपुर २४.१ ओभरमा ११० रनमा अलआउट भयो । जसमा सुशील खड्काले ३७, राहुल चन्दले २२ र किरन ठगुन्नाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कञ्चनपुरको पारी ध्वस्त पार्ने क्रममा बैतडीका बलर सचिन भट्टले ह्याट्रिकसहित ७ विकेट हात पारे ।

करिअरकै उत्कृष्ट बलिङ गरेका सचिनले ६ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ७ विकेट लिएका हुन् । सचिन म्यान अफ द म्याच पनि चुनिए । यस्तै हिक्मत महराले २ र भूपेन्द्र चन्दले १ विकेट झारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ४१ ओभरमा १५९ रनमै समेटियो । उसका खडक बोहराले ४४, कप्तान वसन्त खत्रीले अविजित ३५, प्रदीप चन्द १९, सुनिल चन्द १२, हिक्मत महरा ११ र दीपक बोहराले १० रन हिर्काए ।

बलिङतर्फ कञ्चनपुरका मिलन बोहराले ४, विकास आग्रीले ३, कप्तान हेमन्त धामीले २ र अरून ऐरीले १ विकेट पाए । बैतडीले उपाधिका लागि भोलि कैलालीसँग खेल्नेछ । गत वर्षको फाइनलमा पनि यी दुबै टोली फाइनलमा भिडेका थिए । जसमा कैलाली च्याम्पियन भएको थियो ।

गत संस्करणको हारको बदला लिने लक्ष्य बैतडीको हुनेछ भने निरन्तरताको पक्षमा कैलाली हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताउनुभयो ।रासस