२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिनुभयो । प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचखिनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्यूरोमा ल्याएर सोधपुछ गरिएको हो ।

आवश्यक पर्दा पुनःबोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो ।

अमेरिकी अधिकारीहरुले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । त्यसपछि आजै अध्यागमन विभागले प्रहरीको मानव बेचबिखन ब्यूरोमा पठाएको हो ।रासस