२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

‘योजना बैंकले बजेट निर्माणमा सहयोग पुग्ने’

‘योजना बैंकले बजेट निर्माणमा सहयोग पुग्ने’
फाइल फोटो
अ अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योजना बैंकले प्रदेश सरकारलाई बजेट निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।

कोशी प्रदेश योजना आयोगद्वारा आयोजित ‘कोशी प्रदेश स्तरीय आयोजना तर्जुमा सम्बन्धी अन्तक्र्रिया’को आज यहाँ उद्घाटन गर्दै उहाँले योजना बैंकको अवधारणले योजना समावेश व्यवस्थित भइ योजनाहरुको असन्तुलन घट्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भत्रुभयो, “प्रदेश सरकारको स्रोतसँगै बैंकको योजना पनि घटबढ भइरहन्छ ।” उहाँले रु ५० लाख भन्दा कमको योजना बैंकमा समावेश नगर्न कोशी प्रदेश सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो । कोशी प्रदेश सरकार र स्वीस सरकारको संयुक्त लगानीमा प्रदेशमा चार वटा पदमार्ग निर्माण हुने जानकारी उहाँले दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने अनुदान कटौती हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै सरकार आन्तरिक आय बढाउन सम्भावित क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पर्यटनको नाममा जथाभावी खर्च गर्ने बानी हटाउनुपर्ने बताउँदै चोर बाटोबाट योजना समावेश नहोस् भनी योजना बैंकको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले आय आर्जन गर्न सकिने क्षेत्रमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।सो कार्यक्रममा आयोगका सचिव मिमाँस अधिकारीले प्रदेश आयोजना बैंक व्यवस्थापन २०८१ को कार्यविधि सम्बन्धी र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर नेपालले प्रदेश स्तरीय आयोजनाको पहिचान तथा आयोजना तर्जुमा गोष्ठीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रमा कोशी प्रदेश सभाका सदस्यहरु होमबहादुर थापा, रामप्रसाद महतो, प्रदीपकुमार सुनुवार, मैया श्रेष्ठ, गोम्बु शेर्पा, तिलकुमार मेन्याङ्बो, गीतादेवी रेग्मी, सपना दर्जी, राजन किराती, नारायणबहादुर मगर, रामदेव यादव, शोभा चेम्जोङ्ग, सम्झना तामाङ्ग, गोपालबहादुर विश्वकर्मा, निरन राई, खिनु लङ्वा लिम्बू, विदुर लिङ्थेप, निर्मला तावा लिम्बू र कमल जवेगुले आआफ्नो धारणा सहित सुझाव दिनुभएको थियो ।रासस