५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक महासङ्घले फागुन २४ गतेदेखि आन्दोलन गर्ने, ३६ हजार बढी शिक्षक काठमाडौँमा उतार्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले फागुन २४ गतेदेखि अर्को चरणको आन्दोलन गर्ने भएको छ ।

विद्यालय शिक्षा विधेयक तत्काल ल्याउन दबाब दिन महासङ्घले देशभरका शिक्षकहरूलाई काठमाडौँमा उतार्न लागेको हो ।

माइतीघर मण्डलामा हुने आन्दोलनका लागि ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षक कर्मचारी सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

महासङ्घले आन्दोलनमा सहभागी हुनका लागि शिक्षक कर्मचारीलाई विभिन्न समूहमा विभाजन गरेको छ । समूह ‘क’ अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षकलाई आन्दोलनमा सहभागी हुन भनिएको छ । तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने बताईएको छ ।

त्यस्तै, महासङ्घले समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार ८७०० र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट ५०० शिक्षकहरूलाई आन्दालनमा काठमाडौँ आउन भनेको छ ।

यसअघि गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरूले काठमाडौँमा आन्दोलन गरेका थिए । नेपाल शिक्षक महासङ्घसँग यसअघि भएका सबै सहमति सम्बोधन हुनेगरी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आन्दोलन गर्न लागेको हो ।