२९ श्रावण २०८३, शुक्रबार
,
Latest
‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव



अ+ अ-

एजेन्सी । बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बुधबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी अधिकारीहरू समावेश हुनसक्ने रूस–युक्रेन शान्ति वार्ताको आयोजना गर्ने प्रस्ताव गर्नुभएको छ ।

“(अमेरिकी राष्ट्रपति डोनाल्ड) ट्रम्पलाई भन्नुहोस् कि म (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन र (युक्रेनी राष्ट्रपति भोलोदिमर) जेलेन्स्कीसँग यहाँ आउने अपेक्षा गर्छु”, लुकासेन्कोले अमेरिकी ब्लगर मारियो नौफलसँगको भिडियो अन्तर्वार्तामा प्रस्ताव राख्नुभएको थियो ।

लुकासेन्को पुटिनका निकट सहयोगी हुनुहुन्छ र उहाँको देश युक्रेनमा रुसको सैन्य कारबाहीलाई समर्थन गरेको र विपक्षीहरू विरुद्धको सरकारी कारबाहीलाई लिएर अमेरिका र युरोपीय सङ्घ (इयु) को प्रतिबन्धमा छ । रुसले सन् २०२२ मा युक्रेनमा केही सेना पठाउन बेलारुसको क्षेत्र प्रयोग गरेको थियो ।

तर ७० वर्षीय राष्ट्रपतिले भन्नुभयो, “यदि तपाईं सहमति गर्न चाहनुहुन्छ भने हामी बस्नेछौँ र शान्त रूपमा सहमति गर्नेछौँ ।”

युक्रेनी समाजको ठूलो हिस्सा जेलेन्स्कीसँग रहेको भन्दै लुकासेन्कोले जेलेन्स्कीसँग सहमति हुनुपर्ने बताउनुभयो । “बेलारुस सीमा र किएभबीच केवल दुई सय किलोमिटरको दूरी छ । विमानमा आधा घण्टामा । आउनुहोस्”, उहाँले फेब्रुअरी २७ मा रेकर्ड गरिएको अन्तर्वार्तामा घोषणा गर्नुभयो ।

लुकासेन्कोले रूससँग वार्ता गर्न र तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ट्रम्पका प्रयासहरूको प्रशंसा गर्नुभयो ।

“ट्रम्प असल व्यक्ति हुनुहुन्छ, उहाँ यसबारे धेरै कुरा गर्नुहुन्छ र युक्रेनको युद्ध र मध्यपूर्वमा युद्ध अन्त्य गर्न पहिलेनै केही गरिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “मलाई लाग्छ उहाँको एकमात्र नीति युद्ध अन्त्य गर्ने हो । यो एउटा उत्कृष्ट विचार हो ।”

अन्तर्वार्ता प्रकाशित भएको दिन ट्रम्पले मङ्गलबार जेलेन्स्की रूससँग ‘स्थायी शान्ति’ का लागि वार्ता गर्न तयार रहेको बताउनुभएको थियो ।

ट्रम्पको वासिङ्टनमा जेलेन्स्कीसँग शुक्रबार भएको भेट एक रोषपूर्ण भेटघाटमा परिवर्तन भयो र ट्रम्पले युक्रेनलाई सैन्य सहायता निलम्बन गर्ने आदेश दिनुभएपछि जेलेन्स्कीमाथि दबाब बढ्यो ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा उक्त भेट ‘खेदजनक’ भएको र उहाँ अमेरिकी नेतासँग ‘कुरा ठिक गर्न’ चाहेको पोस्ट गर्नुभएको छ ।