२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ



अ+ अ-

दशरथचन्द । यहाँबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो विष्टको घरमा खोजतलास गर्दा भरुवा बन्दुक र जङ्गली जनावरको छाला फेला परेपछि निजलाई पक्राउ गरिएको बडूले बताउनुभयो । विष्टले इजाजत बिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको उहाँले जानकारी दिनुभयो ।