४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

सिताराम कट्टेल ‘धुर्मुस’ यसरी बने ‘लाज शरणम्’का लागि ‘सोनालाल’

सिताराम कट्टेल ‘धुर्मुस’ यसरी बने ‘लाज शरणम्’का लागि ‘सोनालाल’
अ+ अ-

काठमाडौं । हास्य टेलिसिरियल ‘मेरी बास्सै’लगायत विभिन्न टेलिचलचित्र, छोटा चलचित्र, विज्ञापन र चलचित्रहरूमा फरक-फरक भूमिकामा अभिनय गर्ने बहुप्रतिभाशाली कलाकार हुन्, धुर्मुस अर्थात् सिताराम कट्टेल । हाल प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’मा उनले गरेको फरक ढंगको क्यारेक्टरको कारण यतिखेर चर्चामा छन् । उनले यो क्यारेक्टर गर्नका लागि ठूलो सङ्घर्ष, मेहनत र दुःख गरेको प्रष्टै देखिएको छ ।

जब ‘लाज शरणम्’का लेखक तथा निर्देशक कुमार कट्टेल जिग्री र उनको समूहले स्क्रिप्ट तयार पार्‍यो र सक्किगोनी टिमको तर्फबाट यो चरित्र निर्वाह गर्नका लागि धुर्मुसलाई प्रस्ताव गर्‍यो । सुरुमा धुर्मुस आश्चर्यमा परे । यो चरित्र मलाई सुहाउला त भन्ने दोधारमा परे । तर पनि निर्देशक कुमार कट्टेल, श्रीमती कुन्जना घिमिरे ‘सुन्तली’, दीपक आचार्य ‘काकु’, अर्जुन घिमिरे ‘पाँडे’ले उनलाई हौसला दिए । तर पनि धुर्मुस भने उक्त चरित्र गर्न नपाए हुन्थ्यो भन्नेमा थिए ।

एक दिन चरित्रका लागि निर्देशक कुमार कट्टेल स्क्रिप्ट सुनाउन जाँदा धुर्मुसले गर्नुभन्दा बरु आफू अरू नै कुनै चरित्र दिन आग्रह गरे । अन्ततः धुर्मुस नै यो चरित्रका लागि फाइनल भए ।

उक्त चरित्रमा शरीरको तौल बढाउनुपर्ने चुनौती र फरक लुक्समा देखिनुपर्ने बाध्यताले उनी मुस्कान डेन्टल क्लिनिक न्युरोडमा दाँत बनाउन पुगे ।

जसका सञ्चालक मुस्कान श्रेष्ठले मेरी बास्सैका खड्काजी, मुस्कान पासा, खडानन्द गुरुलगायत चरित्र बनाउन समेत योगदान दिएका थिए । दाँतको नापोसँगै उनी मेकअप आर्टिस्ट विनोद श्रेष्ठकोमा नाक बनाउन पुगे । चरित्रको स्याम्पल टेस्ट पनि गरे । मेकअप आर्टिस्ट श्रेष्ठले माक्स मेकअपबाट फरक क्यारेक्टर निस्किन सक्छ भन्ने सुझाव दिएपछि धुर्मुसको मास्क बनाउने कार्य सुरु भएको थियो । तर विडम्बना मास्क बनाउने स्याम्पल तयार पार्दा केमिकलले उनको टाउकाको कपालसहित छालामा समेत निस्किन पुग्यो । उनी त्यसको उपचार गर्न क्यूटीस् केयर अस्पतालका सञ्चालक डाक्टर धर्मेन्द्र कर्णकोमा पुगे ।

कपाल चाँडो उम्रिन समय लाग्ने र चलचित्रको छायांकन तुरुन्तै हुने भएपछि निर्देशक कट्टेलले कपाल नभएका फरक-फरक चरित्रका स्केजहरु धुर्मुसलाई देखाउन थाले । धुर्मुस पनि बीचमा तालु र साइड साइडमा कपाल भएको नयाँ क्यारेक्टरको खोजीमा लाग्न थालेका थिए ।

एउटा क्यारेक्टर मोटामोटी उनले फाइनल गरे तर सो क्यारेक्टरका लागि १० केजी तौल बढाउनुपर्ने थियो । पहिला मोटोपनका कारणले कोलस्टोर, युरिक एसिडको सामना गरिरहेका धुर्मुस जब डाक्टर कर्टकोमा पुगे । सो रोगबाट मुक्त भएका थिए फेरि मोटाउनुपर्ने बाध्यता भए पनि उनी पुनः डाक्टर कर्टकोमा पुगे । कर्टले सुरुमा त चुनौती नमोल्न सुझाव दिए ।

पछि प्रत्यक्ष निगरानीमा बसेर मोटाउने सल्लाह दिए बमोजिम धुर्मुस मोटाउन सुरु गरे । छायांकनमा नजाँदै पुनः उनको कोलस्टोर बढ्न थाल्यो । उनलाई डर लाग्न थाल्यो । उनी अन्य कलाकारहरूबाटै सो चरित्र निर्वाह भइदिए हुनेथियो भन्नेमा थिए ।

त्यही बेला निर्माण टिमले भारतीय अभिनेता गोबिन्दाले नेपाली चलचित्रमा खेल्ने रुचि राखेको विभिन्न सञ्चार माध्यमबाट थाहा पाएपछि उनलाई नै उक्त चरित्र गर्नका लागि गीतकार, गजलकार तथा संस्कृतविद् धिरेन्द्र प्रेमर्षिमार्फत हिन्दीमा स्क्रिप्ट बनाएर गोबिन्दालाई पठाए । उनले चरित्र रुचाए पनि समय अभावका कारण सोही समयमा आफू उपलब्ध हुन नसक्ने बताए । त्यसपछि धुर्मुस विभिन्न ब्यक्तित्वहरुसँग भेटघाट र छलफलमा लागे ।

उनी धेरै ठाउँमा पुगे पनि अझ आफूभन्दा जीवन्त भूमिका भइदिए चलचित्रलाई राम्रो हुने ठानेर कलाकार रवीन्द्र झालाई समेत उनले प्रस्ताव गरे । तर छोटो समयमा तौल बढाउन नसकिने र व्यस्त भएका कारणले उनी पनि पछि हटे ।

अब बल धुर्मुसकै कोटमा आयो । चुनौती नै मोलेर भए पनि धुर्मुसले गर्ने निधो गरे । उनी मोटाउँदै थिए । कोलस्टोर मात्र नभएको उनीमा युरिक एसिड पनि बढेपछि उनी खुट्टा समेत टेक्न नसक्ने अवस्थामा पुगे ।

जब उनी उक्त चरित्रलाई भनेर यस्तो स्वरूपमा आए तर निर्माण टिमले वैशाखको अन्तिम साताबाट छायांकनका लागि तयारी गरेको चलचित्रको छायांकन रोकिन पुग्यो । छायांकन रोकिएपछि धुर्मुस जीवनसाथी सुन्तलीसहित धुर्मुस सुन्तली साँझका लागि युरोपका विभिन्न देशहरूको भ्रमणमा निस्किए ।

युरोपमै हुँदै गर्दा उनलाई हाल लाज शरणम्’मा गरिएको चरित्रको परिकल्पना हुन पुग्यो । उनले युरोपबाटै मेकअप आर्टिस्ट गणेश अछामीलाई सम्पर्क गरे र अछामीले भारतबाट सामान मगाउने सुझाव दिए । सोही अनुसार उक्त चरित्र बनाउने सामाग्रीहरू जुट्दै गयो ।

जब धुर्मुस नेपाल आइपुगे र निर्माण टिमले भदौको अन्तिम साताबाट छायांकनका लागि जाने तयारी गर्‍यो । धुर्मुसको चरित्रको स्याम्पल टेस्ट गरियो सबैलाई बेग्लै प्रकारको ऊर्जा पैदा भयो र धुर्मुस छायांकनका लागि निर्माण टिमसँगै डोल्पा पुगे ।

एकातिर हाई अल्टिच्युट र शरीरको तौल धेरै भएको कारण उनलाई छायांकन गर्न समेत कठिन भयो । जब उनी डोल्पाको छायांकन सकेर काठमाडौं आए उनको स्वास्थ्यमा समस्या देखापर्न थाल्यो ।

कोलस्टोर अत्याधिक बढेको र रगतमा बोसोको मात्रा अत्याधित भएको कारण रगत पातलो बनाउन औषधि सेवन गर्दै, पटक पटक मुटुको ई सिजी गर्दै छायांकनमा सहभागी भइरहे । छायांकनको अन्त्य अन्त्यतिर आउँदा शरीरभरि फोकैफोका देखापर्न थाल्यो । पुनः डाक्टर धर्मेन्द्र कर्णकोमा पुगेर स्किनको उपचार गराउन थाले । एकातिर कोलस्टोरको औषधि सेवन अर्कातिर स्किनको औषधि सेवन गर्दै उनले छायांकनलाई पूरा गरे ।

यसरी दुःख गरेर बनाएको चरित्रले अहिले मिडियामा ठाउँ पाइरहेको छ । विभिन्न व्यक्तिसँग तुलना भइरहेको छ ।