६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

देउवालाई पराजित गर्न सक्ने मै मात्र हुँ, अरुले सक्दैनन् : महामन्त्री डा. शशांक कोइराला

देउवालाई पराजित गर्न सक्ने मै मात्र हुँ, अरुले सक्दैनन् : महामन्त्री डा. शशांक कोइराला
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको बताउनभुएको छ । 

१४ औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उहाँले बताउनुभयो । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उहाँको भनाई छ । न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मैले धेरैसँग परामर्श गर्दै छु । उनीहरु तपाई नै उठ्नुपर्यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दावी छ भन्छु । रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ । प्रकाशमान छन् धेरे छन सबै उठेर त भएन नी । हाम्रो लक्ष्य के हुुनुपर्यो। हामी सबै मिलेर एक जना उठ्नुपर्यो । त्यसका लागि आपसमा वार्ता हुनुपर्यो। वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाईले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जी लाई हराउने व्यक्ति छैन ।’’ 

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उहाँले असन्तुष्टि समेत जनाउनुभयो । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उहाँको भनाई छ । पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उहाँले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्यो । किन की अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि । भोली महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेरपनि भनेका छौँ । अहिले नबनाउनुस अहिले बनाएर के गर्न सक्नुहुन्छ । ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन । आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन । भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ । सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइन ? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुप¥यो । जिल्लाका सबै एकाइको हुनुप¥यो । क्रियाशित वितरण सहि किसिमले गर्नुप¥यो । धेरे जिल्लामा समस्या छ । समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडी बढ्नुप¥यो क्रियाशलि दिने त वार्डले हो । १०-१० लाख क्रियाशिल बनाउदा गाइजात्रा हुने डर छ ।  नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ । क्रियाशिल दिनुभएको छ । आउनेहरु क्रियाशिल हुन की होइनन भनेर पनि पुष्टि गर्नुपर्यो ।’’ 
  
महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उहाँको भनाई छ । आफु सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडी बढाउने दावी कोइरालाले गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वभाविक हो । तर महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुप¥यो । जुन शेरबहादुर जीले सक्नु भएन । आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ ।’’ 

तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सहि स्थानामा ल्याउन सकिने उहाँले बताउनुभयो । कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो । 

अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताउनुभयो । सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको उहाँको आरोप छ । देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उहाँले आरोप लगाउनुभयो । लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सका आवश्यकता रहेको पनि कोइरालाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘लोकतन्त्र स्थापित नहुदाँसम्म अलाइन्स गर्नुपर्छ । डेमेक्रेसी अहिलेपनि खतरामा छ । कम्युनिष्टहरु डेमेक्रेसीमा विश्वास गर्दैनन, संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो ।’’