काठमाडौं । संयुक्त राज्य अमेरिकाले आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई नेपाल फर्काइदिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्मा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।
आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् ।
नेपाल फिर्ता हुनेमा सुष्मा घर्ती, लक्ष्मण कलिल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती रहेका छन् । त्यस्तै कमलप्रकाश ओली र तिर्थबहादुर थापालाई पनि निष्कासन गरिएको छ ।
अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौँ आइपुगेका छन् ।
यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर स्वदेश फिर्ता भइसकेका छन् ।










