१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

भिमाद धरमपानीबाट बेपत्ता भए महेश

भिमाद धरमपानीबाट बेपत्ता भए महेश
अ अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका–२ धरमपानीबाट महेश सुवेदी बेपत्ता भएपछि खोजीका लागि उनका परिवार तथा आफन्तले आग्रह गरेका छन् ।

घरमा सुतिरहेका ३६ वर्षीय सुवेदी फागुन १७ गते बिहान एकाएक बेपत्ता भएका हुन् । उनको खोजीका लागि परिवार तथा आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदनसमेत दिएका छन् ।

राति ठूलोबुवाको घरमा सुतेका महेश बिहान कोठामा फेला नपरेपछि परिवारले खोजी थालेका थिए ।

बिहान सवा ५ बजे सम्पर्कमा आएका महेश त्यतिबेला आफू ‘कहाँ छु भन्ने थाहा नभएको’ बताए लगत्तै मोबाइल अफ भएको महेशका दाजु तथा वडा नम्बर २ का सचिव गोपालकृष्ण सुवेदी बताउँछन् ।

‘राति सँगै सुतेका भाइ बिहान कोठामा हेर्दा थिएनन् र लगत्तै फोन गर्दा सवा ५ बजे भएको थियो । उनले म कहिले गगनगौंडा त कहिले हेमजामाथि जंगलमा भएको र पछि आफू कहाँ छु भन्ने थाहा नपाएको बताएका थिए,’ दाजु गोपालकृष्णले भने ।

महेश हाल कावासोती नगरपालिका–३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतबन्धमा भिमादको धरमपानी पुगेका थिए । सोही बेला सुवेदी बेपत्ता भएका थिए । पाँच दिन भइसक्दा पनि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि उनको खोजीका लागि आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले छिमेकी जिल्ला र अन्य प्रहरी कार्यालयमा पनि सुवेदीको विवरण पठाएर सर्कुलर गरेको छ ।

उनको कल डिटेल मगाएर लोकेसन विश्लेषण गर्ने काम भइरहेको र अहिले नै उनको एकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।