२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेः सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताउनु भयो । उहाँले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताउनु भयो । उ

हाँले २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको बताउनु भयो । शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि भएको जिकिर गर्नुभयो । उहाँले माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ? भन्दै प्रश्न गर्नुभयो । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिष्ट पार्टी हो की होइन? भन्दै प्रश्न गर्नुभयो ।

मओवादी केन्द्र नाम राखेको भएपनि माओवाद सही हो भनेर भन्न नसकेको बताउनु भयो । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बनेपनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताउनु भयो । क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद भएको बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘२०६५ साल जेठ १५ गते पहिलो संविधान सभाको पहिलो बैठक बसेको थियो । त्यो पहिलो बैठकले मुलुकमा अब राजतन्त्र चाहिँदैन भनेर निर्णय गरेको हो । राजतन्त्र माओवादीले रुकुमबाट वा रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न भएको होइन, यो मुलुकमा । यो मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको हो । सामन्तीवाद, त्यसका नायिके राजतन्त्र, राजसंस्था हामीले बुलेटबाट होइन, ब्यालेटबाट पराजित गरेका हौँ । ६०१ जना सांसदमध्ये १ जना सभाध्यक्ष भइहाले । ५९६ जनाले राजतन्त्र चाहिँदैन, गणतन्त्र, लोकतन्त्र चाहिन्छ भनेर मत हालेर आएको हो । कमल थापाका ४ जना थिए, उनीहरुले राजतन्त्र चाहिन्छ, गणतन्त्र चाहिँदैन भने । त्यसकारणले भोटबाट शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि हुन्छ ।’

‘हाम्रो पार्टीको नीति जनताको बहुदलीय जनवादको क्रान्तिको पाटो सही थियो भन्नेकुरा पुष्टि हुन्छ । माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ रु माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेको छ । जनयुद्ध त उनीहरुले बेचेर खाइसके । हामीलाई भनेका होइनन् तिनीहरुले क्रान्तिको बेलामा रु जसको आफ्नो सेना हुँदैन, त्यो कम्युनिष्ट पार्टी हुँदैन । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन । एमाले संसदीय दलदलमा फसिसक्यो, एमाले कम्युनिष्ट पार्टी होइन । मलाई कम्युनिष्ट होइनन् भनेर एक जनाले सर भन्थे । तर आज उहाँहरुसँग सेना छैन, उहाँहरु कम्युनिष्ट पार्टी हो की होइन रु हामीले त भनेका थियौँ, सेना बनाउने कुरा, हतियार उठाउने कुरा समाज र परिस्थिति अनुसार हुन्छ ।’

मन्त्री गुरुङले माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको बताउनु भयो । माओवादीले जनयुद्धका नाममा गरेको हत्या, हिंसा राजनीतिक मुद्दा नभएको जिकिर गर्नुभयो । माओवाद मानिरहने शक्तिले संसदीय प्रणालीमा भाग लिनेकुरा नैतिक सिद्धान्तअनुसार नहुने बताउनु भयो । माओवादीको जनयुद्धको पाप धुरीबाट कराइरहेको टिप्पणी गर्नुभयो । मुलुकलाई सभ्य बनाउन असभ्य कुराहरुको नियमन जरुरी रहेको बताउनु भयो ।




भर्खरै