६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

नेकपामा नयाँ विवाद- कमिटीले नै निर्णय गर्ने कि कार्यदलको प्रतिवेदन मान्ने ?

नेकपामा नयाँ विवाद- कमिटीले नै निर्णय गर्ने कि कार्यदलको प्रतिवेदन मान्ने ?
अ+ अ-

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद समाधानका लागि बनाइएको कार्यदलले प्रतिवेदन बुझाएसँगै त्यसको कार्यान्वयनलाई लिएर नयाँ विवाद सिर्जना भएको छ। विवाद समाधानका लागि कमिटीले नै निर्णय गर्ने कि कार्यदलको प्रतिवेदनलाई मान्ने भन्ने प्रश्नहरू उठ्न थालेका छन्। कम्युनिस्ट पार्टीभित्र विवाद निरूपण कमिटीहरूबाटै हुने गर्छ। जुन कमिटीमा विवाद उत्पन्न हुन्छ, त्यही कमिटीबाट निरूपण गर्नुपर्ने भए पनि विवाद निरूपणका लागि भन्दै सुझाव कार्यदल बनाउने जस्तो उल्टो बाटो खोजिएको भन्दै नेकपामा नयाँ विवाद उत्पन्न भएको हो।

‘कम्युनिस्ट पार्टी विधिबाट सञ्चालन हुने हो। स्थायी कमिटीको बैठक चलिरहेको छ। जहाँबाट विवाद उत्पन्न भएको छ, निरूपणको थलो पनि त्यही नै हुन्छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘चलिरहेको बैठक छलेर बनाइएको कार्यदलको कुनै अर्थ छैन। त्यसले कुनै नयाँ सुझाव पनि दिएको छैन।’ उनका अनुसार महाधिवेशनको विषयमा केन्द्रीय कमिटीले दिएको म्यान्डेट छँदैछ। गत मंसिर ४ मा दुई अध्यक्षबीच भएको सहमति र संगठन विभागले बनाएको कार्ययोजनालाई कार्यान्वयन गर्ने कुरा नै सुझावमा छन्। ‘केके न हुन्छ भनेर हामीले सोचेका होइनौं। कार्यदल त कार्यकर्तालाई आँखामा छारो हाल्न र केही व्यक्तिगत प्रवृत्तिलाई सुधार्न सहायक हुन्छ कि भनेर बनाइएको हो तर त्यसका सदस्यहरूले विधि, पद्धति भनेर स्थायी कमिटीमा उठेका विषयलाई पनि छोपिदिएका छन्,’ ती सदस्यले भने, ‘त्यसकारण कमिटीगत पार्टीमा कार्यदलको सुझाव होइन, कमिटीगत निर्णय मान्य हुन्छ।

बैठकमै निरन्तर छलफल हुनुपर्छ।’ सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले यो विषय उठाए पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदललाई अनुमोदन गर्ने प्रस्ताव ल्याए र अनुमोदन पनि गराए। दुई अध्यक्षको खल्तीबाट नाम निकालेर बनेको र विधि र पद्धतिबाट पार्टी सञ्चालन गर्नुपर्ने सुझाव दिने कार्यदलले नेकपाको विवाद दीर्घकालीन रूपमा समाधान गर्छ कि केही समयलाई मात्र टार्छ भन्ने अर्को प्रश्न पनि सँगै उठेको छ। दुई अध्यक्षले विवाद समाधानका लागि भनेर ६ सदस्यीय कार्यदल बनाएपछि पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए। त्यसपछि सचिवालय बैठक डाकिएको थियो। विधि र पद्धति मिलाउन बनाइएको कार्यदल नै विधि मिचेर बनाइएको भनाइ उनीहरूको थियो। यसबाट कस्तो सन्देश जाला, पार्टीका अन्य तहले के गर्ला भन्ने प्रश्न त्यतिबेलै उनीहरूले उठाएको थिए।

उपाध्यक्ष गौतमले एक कदम अगाडि बढेर सचिवालयमा भएको विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा बाहिर लगेर नेताहरू असफल भएको, विवाद मिलाउन सक्षम नभएको जानकारी दिन खोजिएको हो भनेर प्रश्नसमेत गरेका थिए। कार्यदलले अध्यक्षद्वय ओली–दाहाललाई बुझाएको १७ पृष्ठ लामो प्रतिवेदनमा मन्त्रिमण्डल पुनर्गठन गर्ने, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, एमसिसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सुझाव समेटिएका छन्। (आजको नागरिक दैनिकमा समाचार छ)