काठमाडौं । साताको पहिलो दिनदेखी नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ । साताको पहिलो दिन तोलामा ४ घटेको सुनको मुल्य दोस्रोदिन ६ सय घटेको थियो भने आज तोलामा ७ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ ।
महासंघकाअनुसार हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
चाँदीको मूल्यभने आज स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।











