६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमार्फत् सार्वजनिक

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमार्फत् सार्वजनिक
अ+ अ-

काठमाण्डौ ।पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेपछि,  सुजीव शाक्यको नयाँ पुस्तक अर्थात् परीवर्तन’ लाई पब्लिकेसन्स् नेपालयले आफ्नो पहिलो ‘ई-बुक’को रुपमा सार्वजनिक गरेको छ । निबन्ध संगालोको रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ । यस पुस्तकले नेपाली समाजलाई गरीबीको शिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ चर्चा गरेको छ; साथसाथै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका नवीन उपायहरू सुझाएको छ । यो पुस्तक शाक्यको चौथो पुस्तक हो; नेपाली भाषामा भने उनको यो दोस्रो पुस्तक हो ।

‘एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रह्यो’ नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्; ‘धेरै पाठकहरूका निम्ति भर्चुअल मञ्च अंगाल्नेतर्फको यो व्यवहारिक छलाङ भएपनि, हामीले ‘प्राइमरी ई-बुक’ प्रकाशनलाई उत्साहजनक प्रयत्नको रुपमा लियौं । एकल अध्यायहरू सार्वजनिक गर्दा र अन्य पुस्तकहरुको ई-बुक संस्करण प्रतिको पाठक रुचीले, नेपाली पुस्तक बजार ई-बुकको निम्ति तयार रहेको इंगित गरेको छ ।’

नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित परम्परागत मुद्रण-माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउँदै आएको छ । फलस्वरुप नेपालयका सबै पुस्तकहरू अमेजन, बार्न्स एंड नोबल नेटवर्कमार्फत् विश्वव्यापी रुपमा उपलब्ध छन् । किताबका अँग्रेजी संस्करण विद्युतीय माध्यम किन्डलमा पनि उपलब्ध छन् । भाषा अवरोधका कारण, नेपाली पुस्तकहरू ई-पुस्तकहरूको रूपमा व्यापक हुन सकेका थिएनन् ।

नेपालयको अनलाइन पुस्तक बिक्रेता मध्येका एक थुप्रैडटकम (www.thuprai.com) ले ई-बुक किनेर पढ्नका लागि सजिलो र प्रभावकारी प्लेटफर्म बनाएपछि यो योजना सफल भएको हो ।

‘हामी उत्साहजनक साथै अनिश्चित समयमा बाँचिरहेका छौं,’ पुस्तकको पृष्ठभूमिसँग जोड्दै लेखक शाक्य भन्छन्- ‘समयसँगै चलायमान रहनका निम्ति सही उपाय भनेकै सकारात्मक परिवर्तनहरूलाई अँगाल्दै अघि बढ्नु हो । नेपाल लोकतान्त्रिक संघीय प्रणालीमा रूपान्तरण हुने बित्तिकै हामीले विकासको मूल्यांकलन र समृद्धिका लागि कम्मर कसेर लाग्नु पर्ने समय आएको हो; गएको चुनावमा त्यही एजेन्डाले अनुमोदन पनि पाएको हो । तर त्यसलाई प्राप्त गर्नका निम्ति यहाँ अनेकौं चुनौति र अवरोध विद्यमान छन्; जसलाई हामीले सम्बोधन गर्न आवश्यक छ । समृद्धि र सपना प्राप्त गर्न सकिन्छ भन्ने विश्वासका साथ पुस्तकले यिनै कुरालाई वर्गीकृत गर्दै उपचार खोज्ने प्रयास गरेको छ ।’

यो पुस्तक थुप्रैको एपमा एकल अध्याय पढे जसरी नै सजिलो रुपमा पढ्न सकिन्छ । जसले एकल अध्यायहरू किनेर पढिसकेका छन् ती पाठकलाई मूल्यमा छुटको व्यवस्था गरिएको छ ।

‘अर्थात् परिवर्तन’ को ई-बुक रु. २५० मा उपलब्ध छ । पूर्ण पुस्तकका साथै पाठकहरूलाई रु. १५ मा एकल अध्याय किन्ने वैकल्पिक सुविधा पनि रहेको छ   यसका अध्यायहरु माथिकै मूल्यमा लेखककै आवाजमा सुन्न सकिने व्यस्था पनि गरिएको छ ।  पुस्तकको छापा संस्करण भने बन्दाबंदी पछि उपयुक्त समयमा बजारमा उपलब्ध हुने छ ।

कोरोना महामारीले गर्दा सार्वजनिक कार्यक्रमहरू प्रभावित भएका छन् र तिनले वैकल्पिक बाटो खोजेका छन् । यही अवस्थालाई ध्यानमा राखेर नेपालयले पुस्तक सार्वजनिक गर्ने प्रत्यक्ष कार्यक्रमको विकल्प स्वरुप युट्रयूब च्यानलमा पुस्तक वार्ताको थालनी गरेको छ। नेपालयको ‘आर’शालामा लेखकहरुसंग गरिने भिडिओ सम्बाद सृंखलालाई ‘बुक टक’ को रुपमा प्रस्तुत गरिने छ, जसलाई   पब्लिकेसन्स नेपालयकी सम्पादक भूषिता वशिष्ठले संचालन गर्नेछिन् ।