१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

महिलाको मकिन्छ हड्डी , कसरी न्युनिकरण गर्ने ?

महिलाको मकिन्छ  हड्डी , कसरी न्युनिकरण गर्ने  ?
अ अ+ अ-

प्रजनन उमेरका महिलालाई शरीरमा भएका विशेष हर्मोनले मुटु रोग, हाडको समस्या लगायतबाट बचाउँछन् । तर, महिलाको शरीरमा हर्मोन कम हुन थालेपछि वा ३५ वर्ष कटेपछि हाडहरूको घनत्व कम हुँदै जान्छ । बाहिरबाट हेर्दा खासै समस्या नदेखिए पनि हाड मक्किने क्रम बढ्दै जान्छ । यो समस्या भएपछि नाडी, पुट्ठा र मेरुदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ ।

साथै यसको कारण शरीर कुप्रो हुँदै जान्छ, उचाइ पनि घट्छ । कसैकसैलाई त दैनिक क्रियाकलाप गर्न पनि गाह्रै हुन्छ । हाडको घनत्व कम भएर मक्किँदै जाने समस्या लामो समयसम्म थाहा नहुन पनि सक्छ । त्यसैले यसलाई ‘मौन रोग’ भनिन्छ । कतिपयलाई हाड भाँचिएपछि एक्सरे गराउँदा मात्र यस्तो रोग लागेको थाहा हुन्छ ।

उमेर बढ्दै जाँदा मानिसको हड्डी पुरानो हुँदै जान्छ, मक्किन सुरु गर्छ । खानपिन, जीवनशैलीमा ध्यान दिए मक्किने क्रम केही ढिलो हुन्छ; हड्डी भाँचिने र दुख्ने समस्यालाई पनि कम गर्न सकिन्छ ।

हड्डी मक्किँदा यसमा रहेको प्वाल ठूलोठूलो हुन थाल्छ । विशेष गरी महिलामा यस्तो समस्या बढी हुन्छ ।

हाडहरू कोषिका र हाडमासीबाट बनेका हुन्छन् । यस प्रक्रियामा क्याल्सियम र भिटामिन डीको भूमिका निकै हुन्छ । रगतमा क्याल्सियम कम भयो भने, हाडमा पनि कम हुन्छ । शाकाहारीलाई एक दिनमा ८ सय मिलिग्राम र मांसाहारीलाई १ हजार २ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । त्यसैले यसबाट बच्न क्याल्सियमयुक्त विभिन्न भोजन खानामा समावेश गर्न सकिन्छ । चुनमा क्याल्सियम हुने हुनाले पहिलापहिला चुनसँगै भृंगराजको पात मिसाएर खान्थे भन्ने मान्यता छ ।

दहीसँग थोरै चुन मिसाएर खाएमा क्याल्सियमको मात्रा बढ्छ । सूर्यमुखीको बियाँ, तिल अनि कोदोमा क्याल्सियम, पोटासियम, म्याग्नेसियमजस्ता खनिज पाइन्छ । त्यस्तै हड्डी मक्किने समस्याबाट बच्न "खानुपर्ने "अर्को तत्त्व हो— भिटामिन डी । यो सूर्यको किरणमा पाइन्छ । भोजनमा क्याल्सियम त छ तर भिटामिन डी नभए भने शरीरमा क्याल्सियम सोसिन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान्छ । अर्थात्, हड्डी मक्किने समस्या बढ्दै जान्छ ।

विशेषज्ञ उमा श्रीवास्तवका अनुसार, ४० वर्ष नाघेका महिला ढाड दुख्ने समस्या लिएर आउँछन्, जसमध्ये झन्डै ७५ प्रतिशतलाई हाड मक्किने समस्या सुरु भइसकेको हुन्छ ।

हाड मक्किने रोगलाई भगाउन आधुनिक भोजनको नाममा चाउचाउ, चीजबलजस्ता तयारी खाद्यपदार्थ वा कोक, फ्यान्टाजस्ता पेयपदार्थ खानु हुन्न । गर्भवती र स्तनपान गराइरहेका महिलालाई दिइने भोजनमा लौहतत्त्व र क्याल्सियम हुनुपर्छ । यस्तो बेला चाकु, सक्खर, हरियो सागपात, तिल, आलसका साथै चना, लट्टे, चिनो, जुनेलो, जौजस्ता प्रोटिनयुक्त खाद्य पदार्थ दिनुपर्छ ।

दूध, दही, लट्टेको दाना, गुन्द्रुक, सिस्नु, कर्कलो, धनियाँ, भटमास, बदाम र राजमा आदिबाट पर्याप्त क्याल्सियम पाउन सकिन्छ । हाडको घनत्व बढाउन हिँड्ने, दौडने, भर्‍याङ चढ्नेजस्ता शारीरिक क्रियाकलाप गरिरहनुपर्छ ।