१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका जारी निषेधाज्ञा बुधवार मध्यराती १२ बजेबाट सकिदै



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधवार  मध्यराती १२ बजे  बाट सकिने भएपछि निषेधाज्ञाको बारेमा निर्णय गर्न काठमाडौ , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको छलफल हुदै छ ।  

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायण प्रसाद भट्ट र भक्तपुरका हुमकला पाण्डेले  एक साताको अबस्था मुल्याङन गरी निषेधाज्ञालाई निरन्तरता दिने वा अर्को कुनै बिकल्प दिने भन्ने बारेमा निर्णय गर्ने जनाईएको छ । 

एक प्रमुख जिल्ला अधिकारीका अनुसार निषेधाज्ञा  पुन एक साताका लागि थप्ने निर्णय हुन सक्छ । तीनवटै जिल्लाका जिल्ला सुरक्षा समिती बैठकले भदौ ३ को मध्यरातदेखि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सक्रमण बढ्दै गएको कारण संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।