२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा दादुराको प्रकोप बढ्दो



अ+ अ-

एजेन्सी । अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन ९सीडीसी०ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् ।

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब १६० घटना फेला परेका छन् । यो प्रकोप महिनौंसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिनुभएको छ ।

टेक्सास राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्सासमा एक दर्जन दादुराका घटनाहरू पत्ता लगाइएको जनाएको छ ।

सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाईको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा। जेनिफर शुुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताउनुभयो ।

“हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौंसम्म चलेका छन् । केही साढे दुई महिनासम्म चलेका छन्, तर न्यूयोर्कमा साढे १० महिनासम्म चलेको थियो ,” शुफोर्डले थप्नुभयो ।

पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसबेलादेखि संख्या बढ्दै गएको छ ।

सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन् । धेरै जसो केसहरू ५ देखि १७ वर्ष उमेरका बालबालिकामा छन् ।

टेक्सासले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो । यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो ।

दादुरा एक अत्यधिक सङ्क्रामक श्वासप्रश्वास रोग हो ।