१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने काम भयो: प्रधानमन्त्री

मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने काम भयो: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार टे«ड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताउनु भयो । उहाँले राम्रो काम गर्नेहरुलाई जसरी पनि बिरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको बताउनु भयो । उहाँले राम्रो काम गर्नेहरुलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरु गरेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि युवाहरुलाई लक्षित गरेर एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पु¥याउने उद्देश्यले व्यक्तिगत तवरबाट आफू लागिरहेको र एक लाख बढी विद्यार्थी सहभागी रहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोज्यो भने त्यसको बिरोध गर्ने, यसको झुटो आरोप लगाउने, त्यसमाथि बिरोध गर्ने । कुनै सरकार अलिकति गरौँ भनेर काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने । आफू सरकारमा भयो भने नाटक गर्ने । नाटकमै समय बित्छ । अर्कोले गर्न खोज्यो भने त्यसको बिरोध गर्ने, कसरी त्यसलाई असफल बनाउन सकिन्छ भनेर लाग्ने । यो भन्दा अगाडि म सरकारमा जाँदा एक सय एक ऐतिहासिक मैले नेतृत्व गरेको सरकारमा एक सय एक ऐतिहासिक काम भएका छन् । पूर्वाधार निर्माणका कुरा हुन्, विकासका कुरा हुन्, शिक्षा क्षेत्र, अरु पनि कुरा हुन् । अहिले पनि एसईईलाई ध्यानमा राखेर व्यक्तिगत तवरमा युवाहरुलाई आग्रह गरेर व्यक्तिगत तवरमा पनि सञ्चालन गरिरहेको छु एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थिति नहोस् भनेर उनीहरुलाई अनलाइन क्लास दिइरहेको छ । युवाहरुको ठूलो साथ सहयोग र सहभागिता छ । यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पु¥याउने उद्देश्य मैले राखेको छु । सरकारतिर मात्रै हेर्ने होइन, हामी हरेकले जुन ठाउँमा उभिएर जे काम गर्नसक्छौँ त्यो गर्नुपर्छ देश बनाउनका लागि ।’

प्रधानमन्त्री ओलीले अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरुमा नर्सहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो सुनेको बताउनु भयो । उहाँले न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिनुभयो । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तलको पारीश्रमीक दिन नपाइने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको छ । अहिले पनि कतिपय गैरसकारी हस्पिटलहरुमा म सुन्छु । हो की होइन मैले अध्ययन गर्नुपर्छ । कसैले मलाई त्यस्तो भनिरहेको छैन, म चर्चा सुनिरहेको छु । खुद नर्सहरुले पनि न्युनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने उनीहरु पनि श्रमीक हुन् । उनीहरु पनि काम गर्दछन् । उनीहरु श्रमजीवि भन्दा फरक होइनन् । आज ह्वाइट र ब्लु गर्ल छुट्याउने गरिन्छ, त्यो पनि अब छुट्याउन जरुरी छैन । बिस्तारै सबै ह्वाइट कलरमा जानुपर्छ । यो न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन कतै पनि पाइँदैन । यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तल दिन पाइँदैन ।’

प्रधानमन्त्री ओलीले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्याशीलता र व्यवसायिकता भएको बताउनु भयो । रोजगारीका अवसर उद्यमशिलताबाट सिर्जना गर्न सकिने बताउनु भयो ।