१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै

ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै
अ अ+ अ-

ललितपुर । सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाइ ती स्थानमा सवारीसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भइ अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ आज ललितपुर महानगरपालिका–२५ भैँसेपाटीको प्रगतिनगर चोकमा आयोजित अन्तरक्रियाका वक्ताहरुले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरीबीचमा साझेदारी गर्नुपर्नेमा जोड दिए ।

प्रगतिनगर सडक विस्तार तथा स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष दिनेश अम्गाईले टोलको विकास र स्थानीय आवश्यकतालाई पूर्ति गर्न सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले टोलवासी एवं प्रहरीबीचको सौहार्दताले समाजलाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका प्रहरी निरीक्षक शशिधर शर्माले टोलीवासीलाई एकताबद्ध भएर सुरक्षा निकायसँग सम्पर्कमा रहन आग्रह गर्नुभयो । उहाँले टोलमा अव्यवस्थित पार्किङ नगर्न सुझाव दिनुभयो ।

सो अवसरमा स्थानीयवासी डा लक्ष्मण न्यौपानेले टोल समाजको विकासको स्तर उकास्न टोलवासी एकताबद्ध हुन आग्रह गर्नुभयो । उहाँले सडकमा अनावश्यक पार्किङ नगर्न र फोहर नफाल्न आग्रह गर्दै सबैको बलबाट समाजलाई सुरक्षित र सफा राख्न मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा प्रगतिनगरदेखि शिवमन्दिरसम्मका टोलवासीको उपस्थिति थियो ।