२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचन : पाल्पाका चार क्याम्पसमा १३ संगठन दर्ता



अ+ अ-

पाल्पा। आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि पाल्पाका चार क्याम्पसमा १३ वटा सङ्गठन दर्ता भएका छन् ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सबैभन्दा धेरै मतदाता रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पाँच सङ्गठन र एउटा समूहले दर्ता गरेका छन् । यहाँ नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (क्रान्तिकारी) अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (छैटाँै) र विएसी स्वतन्त्र विद्यार्थी समूहले दर्ता गरेको क्याम्पस प्रमुख टङ्कप्रसाद पन्थले जानकारी दिनुभयो ।

यहाँ दुई हजार मतदाता रहेका छन् । यहाँको सहिद बहुमुखी क्याम्पस रामपुरमा तीन वटा सङ्घ÷सङ्गठन दर्ता भएका छन् । यहाँ करिब सात सय मतदाता रहेका छन् । यसैगरी माण्डव्य बहुमुखी क्याम्पस दकमडामा दुई र उद्वुद्ध कलेज पूर्वखोलामा दुई सङ्गठन दर्ता भएका छन् ।

चुनाव आउन १५ दिन मात्र बाँकी रहँदा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् । रासस